मनोरञ्जन

‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक



काठमाडौँ, १ मंसिर । चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पाँच कलाकार अटाएका छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा फिचर्ड छन् ।

सबै पात्र निराश देखिन्छन् । महेशको हातमा बञ्चरो छ । पात्रहरू तनावमा देखिए पनि त्यसको कारणबारे भने पोस्टर मौन छ । 

बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट प्रदर्शनमा आउँदै छ । 

‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।