राजनीति

घोषणा गरेको आन्दोलन रोकिँदैन : दुर्गा प्रसाईं



काठमाडौँ, १ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताएका छन् । 

आज आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन् । 

उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखे ।