समाचार

छुरा प्रहार गरी एक वृद्धको हत्या



काठमाडौँ, २ मंसिर । महोत्तरीमा छुरा प्रहार गरी एक वृद्धको हत्या भएको छ । महोत्तरीका प्रहरीका अनुसार हत्या हुनेमा जलेश्वर नगरपालिका-९ का ६० वर्षीय बेचन राय रहेको छ ।

सोमबार साँझ जलेश्वर नगरपालिका-९ आगेपुल स्थित उनीमाथि एक युवकले छुरा प्रहार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्दा चिकित्सकले मृत घोषणा गरेको हो ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषाको नगराइन नगरपालिका -९ फूलगामाका पप्पु भन्ने २० वर्षीय अनिलकुमार मण्डललाई पक्राउ गरेको छ  ।

प्रहरीका अनुसार मदिरा र लागुऔषधको नशामा रहेका मण्डलले बाटो हिँड्ने क्रममा विवाद गरी छुरा घाँटीमा प्रहार गरेका थिए ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।