काठमाडौँ, २ मंसिर । गुल्मीको चन्द्रकोट गाउँपालिकाले भोली बुधबार सार्वजनिक बिदा दिने भएको छ ।
बालाचतुर्दशी/शतबीज छर्ने पर्वका अवसरमा लाग्ने चक्रेश्वर मेलालाई प्रबर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि स्थानीय विदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँकार्यपालिकाको निर्णयअनुसार मंसिर ३ गते बुधवार को दिन सार्वजनिक बिदा दिइएको पालिका अध्यक्ष युवराज केसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । हिन्दु धर्म मान्नेहरू बाला चर्तुदसीको अवसरमा सतबिज छर्नाले पुन्यलाभ हुने यस क्षेत्रमा जनविश्वास छ ।
यस अवसरमा चन्द्रकोट गाउँपालिकाको वडानम्बर– ४ शान्तिपुरमा विविध साँस्कृतिक कार्यक्रम सहित मेला लाग्ने गर्दछ । नेपालका चर्चित कलाकारसँगै स्थानीय कला संस्कृति, भजन र ठूलो राशिको भलिबल खेल समेत प्रतिस्पर्धात्म रुपमा खेलिने गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्