राजनीति

राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभा सचिवमा कँडेल नियुक्त



काठमाडौँ, २ मंसिर । राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन् । 

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई आज सचिव पदमा नियुक्त गरेका हुन्। 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सचिव कँडेलको शपथ ग्रहणको तयारी आफूहरूले गरिरहेको बताइएको छ ।