Banner News

दलका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री कार्की



काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् ।

आज अपराह्न ४ बजे हुने छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलका नेताहरुलाई निम्ता गरिएको छ ।

फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि प्रधानमन्त्रीले सबैसँग संयुक्त छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।