राजनीति

एमाले बोलायो सचिवालय बैठक



काठमाडौँ, ३ मंसिर । नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ।

एमाले सचिवालय बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको छ । भोलि बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित तयारीका विषयमा छलफल हुनेछ ।

आगजनीबाट क्षतिग्रस्त पार्टी कार्यालय एमालेले पुनर्निर्माण गरिरहेको छ। अहिले पार्टीका नियमित काम पार्टी कार्यालयबाटै भइरहेको छ। बिहीबारको बैठक पनि एमालेले पार्टी कार्यालयमै राख्न लागेको छ।