समाचार

आगलागी हुँदा चार घर जलेर नस्ट



काठमाडौँ, ३ मंसिर । ताप्लेजुङको  मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर नस्ट भएका छन् ।

प्रहरीका अनुसार सो गाउँपालिकाका इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । 

जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।