काठमाडौँ, ३ मंसिर । रौतहटको कटहरिया नगरपालिकामा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज दिउँसो वडा नम्बर ३ मा घर नजिकैको पोखरीमा डुबेर ४ वर्षीय शिवराम सोनारको मृत्यु भएको हो । बिर्ती प्रष्टोकाबाट करिब ५ सय मिटर दक्षिणतर्फ माछा मार्न पुगेका उनी पोखरीमा डुबेको अवस्थामा स्थानीले फेला पारेका थिए ।
स्थानीयहरूले तत्कालै बालकलाई पानीबाट निकालेर उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, कटहरिया तर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जनाएको छ ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको छ भने घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्