काठमाडौँ, ४ मंसिर । २४ भदौको प्रदर्शनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा अहिलेसम्म ८ करोड ५४ लाख रुपैयाँ जम्मा भएको बताइएको छ ।
विभिन्न व्यावसायिक प्रतिष्ठान एवं संघसंस्थाबाट उक्त रकम संकलन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यसैबीच कोषमा निर्माण व्यवसाय विकास परिषद्ले एक करोड रुपैयाँ जम्मा गरेको छ । परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्