राजनीति

सिमराको घटनाले संविधान र निर्वाचन दुवैलाई अप्ठ्यारोमा पार्न सक्छ: नेता कोइराला



काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हिजो बाराको सिमरामा घटेको जस्तो घटनाले संविधान र निर्वाचन दुवैलाई अप्ठ्यारोमा पार्न सक्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै सबैलाई संयमित हुन आग्रह गरेका छन् । संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको स्मरण गराएका छन् । एमाले नेता महेश बस्नेतको विरोधमा जेनजीहरुले प्रदर्शन गर्दा बुधबार सिमरा क्षेत्र तनावग्रस्त बनेको थियो । 

उनले भनेका छन, ‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो । हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन् । संयमित बनौं, निर्वाचनको बातावरण नबिगारौं ।’