काठमाडौँ, ४ मंसिर । विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।
आज राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीलगायतका अपेक्षा गरिए पनि सरकार चुनावमा मात्र केन्द्रीत भएको गुनासो छ ।
उनीहरुले जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै दिशाहीन बनेको सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्