समाचार

कारागारमा एक कैदीको मृत्यु



काठमाडौँ, ५ मंसिर । झापाको कारागारमा रहेको एक कैदीको मृत्यु भएको छ ।

झापा जिल्ला कारागारका अनुसार कैदी भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको आज बिहान मृत्यु भएको हो ।

उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।