काठमाडौँ, ५ मंसिर । ‘प्रगतिशील राष्ट्रिय अभियान’का संयोजक जनार्दन शर्मा ‘प्रभाकर’ले पुराना राजनीतिक दलहरूबाट अब देश बन्ने आशा गर्नु मूर्खता हुने बताएका छन् ।
विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पूरा भएको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले पुराना दल र नेतृत्वको तीव्र आलोचना गरेका हुन्। उनले नेतृत्वको असक्षमता र स्वार्थका कारण देश पतनको बाटोमा गएको भन्दै अब नयाँ संकल्पसहित एकताबद्ध हुन आह्वान गरेका छन् ।
शर्माले २०६२ मंसिर ५ गते भएको शान्ति सम्झौताले राजतन्त्रको अन्त्य, गणतन्त्र, संघीयता र समावेशी संविधानको आधार तयार गरेको स्मरण गरेका छन्। तर, १९ वर्ष बितिसक्दा पनि जनताले अपेक्षा गरेको परिवर्तन महसुस गर्न नपाएको उनको निष्कर्ष छ ।
उनले लखेका छन्, ‘१९ वर्षपछि पनि परिवर्तनका धेरै लक्ष्यहरू अधुरा छन्-भ्रष्टाचार मौलायो, सुशासन झन्-झन् टाढा हुँदै गयो, सामाजिक न्याय हुन सकेन,’ ‘युवाले स्वदेशमा अवसर पाएनन्, देशको समृद्धिले गति लिन सकेन र द्वन्द्वपीडितले न्याय पाएका छैनन्।, “जनताले पटक-पटक मौका दिँदा पनि झन्-झन् गल्ती गर्ने दलबाट फेरि पनि आशा गर्नु आफ्नै मूर्खता हुनेछ।’










प्रतिक्रिया दिनुहोस्