काठमाडौँ, ६ मंसिर । प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार हिजो हल्का वर्षा भएसँगै बेलुकादेखि हिउँ परेको हो । हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ ।
आज शनिवार मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको छ । समितिले जाडोबाट बच्न तथा सतर्कता अपनाउन तीर्थयात्रीलाई अनुरोध पनि गरेको छ ।










प्रतिक्रिया दिनुहोस्