राजनीति

एमालेका नेता कैलाश मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश



काठमाडौँ, ६ मंसिर । रुकुमपूर्वका पूर्व उपविजेता एवं एमालेका प्रतिनिधि सभा उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

आज पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई औपचारिक सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

०७९ को प्रतिनिधि सभा निर्वाचनमा मल्ल माओवादीका उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका थिए । घर्तीले १२ हजार २६२ मत ल्याउँदा मल्लले ५ हजार २११ मत प्राएका थिए ।

एमाले त्यागेर नेपाली कम्युनिस्ट पार्टीमा लाग्ने निर्णय सार्वजनिक गर्दै मल्लले पार्टीभित्र गुटगत स्वार्थ, राजनीतिक असमानता र ‘जनवादी केन्द्रीयता’ विपरीतका व्यवहारले आफू निराश भएको बताएका छन् ।