राजनीति

काठमाडौँमा एमालेको वृहत् जनप्रदर्शन



काठमाडौँ, ६ मंसिर । नेकपा (एमाले)ले काठमाडौँमा जनप्रदर्शन गरेको छ ।

एमाले बागमती प्रदेश कमिटीको अगुवाइमा प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि भन्दै आज जनप्रदर्शन गरिएको हो ।

राजधानीको भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुगेको छ। भृकुटीमण्डपमा हुने सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।