काठमाडौँ, ६ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नलागेको दाबी गरेका छन् ।
आज काठमाडौँमा आयोजित पार्टीको जनप्रर्दशन तथा जनसभामा बोल्दै उनले लोकतन्त्रमा निर्वाचन अनिवार्य हुने भएपनि सरकारले त्यसका लागि आवश्यक वातावरण बनाउन नचाहेको जिकिर समेत गरे ।
उनले भने, ‘लोकतन्त्रमा चुनाव अनिवार्य हुने गर्दछ । अहिलेको सरकार के चुनाव गराउने बाटोतिर अघि बढिरहेको छ ? यो सरकार चुनाव गराउने बाटोतिर अघि बढिरहेको छैन । भदौ २४ गते सबैभन्दा ज्यादा क्षति नेपाल प्रहरीले ब्यहो¥यो । प्रहरीका कार्यालयहरु सबै ध्वस्त गरिए । हतियार र गोलीगठ्ठा सबै लुटिए । प्रहरीको मनोबल कमजोर पारियो । अहिले सरकारले उनीहरुको मनोबल उठाउने काम समेत गर्न सकेको छैन ।’










प्रतिक्रिया दिनुहोस्