काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
बैठकमा महामन्त्री गगनकुमार थापाले भने, ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिएर निर्णय गर्दछ,’ ।
कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्