समाचार

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



काठमाडौँ, ७ मंसिर । झापाको मेचीनगर नगरपालिका–१५, हेल्दुवारीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका  अनुसार शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ जाँदै गरेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकल सडक छेउमा रोकेको ट्याक्टरमा ठोक्किएको थियो । मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय मोटरसाइकल चालक विनोद राउत छन् । दुर्घटनामा गम्भीर घाइते भएका राउतको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका छन् । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।