काठमाडौँ, ८ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरूमा पनि ऊर्जा थपिएको बताएका छन् ।
आज बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले जति राजनीतिक गतिविधि बढ्छन्, त्यति नै अराजकता घटने बताए ।
मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबीच ध्रुवीकरण भएको उनले टिप्पणी गरे ।
उनले भने, “एमालेका कारण अरू दललाई पनि ऊर्जा थपिएको छ । एमालेलाई जस दिनु र नदिनु फरक कुरा हो । जति राजनीतिक गतिविधि बढ्छन, त्यति देशमा अराजकता घट्छ । एमाले फेरि लयमा फर्किएको छ ।”
बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा. राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र तथा जनसभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए । उनका अनुसार, आजको बैठकले पालिका र वडा तहसम्म व्यापक जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले विस्तृत जनपरिचालन कार्ययोजना पारित गरेको छ । एमालेले महाधिवेशनको उद्घाटन सत्रलाई सफल बनाउन आगामी दिनहरूमा जनपरिचालन अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्