काठमाडौँ, १० मंसिर । आज सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४८ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्