काठमाडौँ, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगर समिति भंग गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरेको हो ।
कीर्तिपुर नगर समितिको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन कमजोर रहेको ठहरसहित विघटन गरेको रास्वपाले जनाएको छ । कीर्तिपुरमा जयराम कार्कीको नेतृत्वमा नगर समिति थियो । कीर्तिपुरको उपनिर्वाचनमा कार्की रास्वपाबाट मेयर उम्मेवारका आकांक्षी थिए । तर, पार्टीले यहाँ निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय लिएको थियो ।
कीर्तिपुरकै स्थानीय एवं रास्वपाका काठमाडौँसभापति प्रदीप बिष्टले नगर सभापति कार्की निष्क्रिय जस्तै रहेको र पार्टी बैठकहरूमा पनि उपस्थित नहुने गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्