समाचार

बूढानीलकण्ठमा १२ लाख बराबरको धनमाल चोरी



काठमाडौँ, १० मंसिर । बूढानीलकण्ठ नगरपालिका-५ बस्ने दिनेश दुलालको घरमा चोरी भएको छ ।

प्रहरीका अनुसार सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १२ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

दुलालको घरमा मंगलबार साँझ चोरी भएको हो । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी कार्या जारी रहेको प्रहरीले जनाएको छ ।