काठमाडौँ, १० मंसिर । ललितपुरको चापागाउँ दोबाटोमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ना.३ख ४७४५ नम्बरको ट्रक र बा.प्र ०२-०१९ प ६६८७ नम्बरको मोटरसाइकल आज बिहान एकआपसमा ठक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-५ भत्केकोपाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेत रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्