अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ११ मंसिर । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४८ हजार ४  सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ६० रुपैयाँले बढेर ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।