काठमाडौँ, ११ मंसिर । बजारमा केराको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज केराको मूल्य बढेको हो ।
आज बिहीबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँले बढेको छ ।
हिजो बुधबार केरा थोकमा प्रतिदर्जन १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने प्रतिदर्जन १ सय ५५ रुपैयाँ कायम छ ।










प्रतिक्रिया दिनुहोस्