अर्थ

४ खर्ब ३० अर्बको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का



काठमाडौँ, १२ मंसिर । ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ ।

नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो ।

यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ ।  यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।