काठमाडौँ, १२ मंसिर । २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनाव लड्न चाहने दलको संख्या १०८ पुगेको छ ।
निर्वाचन आयोगका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको हो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म पुगेको छ । यसबीचमा अझ केही दल थपिन सक्नेछन् । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ छ । ती दलले आधिकारिता पाएको खण्डमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्तामा जान सक्दछन् ।










प्रतिक्रिया दिनुहोस्