काठमाडौँ, १२ मंसिर । विपिन कार्की स्टारर फिल्म ‘काजी’ को प्रदर्शन मिति तय भएको छ ।
निर्माताले आज पोस्टर सार्वजनिक गर्दै २७ चैतलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् ।
यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको पोस्टरमा मुख्य पात्र विपिन कार्की फिचर्ड छन् । पोस्टरमा उनी केही गम्भिर र जवान छन् ।
फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा, दिक्षिता अर्यालको अभिनय छ ।










प्रतिक्रिया दिनुहोस्