राजनीति

महाधिवेशनका लागि प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चयन



काठमाडौँ, १२ मंसिर । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चयन भएका छन् ।

अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा पराजित पौडेल ४० वर्ष मुनिका युवाका तर्फबाट प्रतिनिधि चयन भएका हुन् । विद्यार्थी राजनीतिबाट विदा लिएका पौडेल अहिले नेतृत्व परिवर्तनको पक्षमा वकालत गरिरहेका छन् ।

म्याग्दीबाट महिलातर्फ एशोदा रोका र थमसर पुन, उत्पीडित तर्फ खरमाया बिटालु निर्विरोध चयन भएका छन् । खुला तर्फ भने छलफल जारी छ ।