समाचार

पानी उद्योगका व्यवस्थापकको हत्या



काठमाडौँ, १२ मंसिर । बाराको पर्सौनीमा रहेको एक पानी उद्योगमा कार्यरत व्यवस्थापकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पर्सौनी गाउँपालिका ६ भलुहीमा रहेको किरण वेभरेज नेपाल प्रालिमा कार्यरत सर्लाही धनकौल स्थायी ठेगाना भएका ४२ वर्षिय रामनरेश सिंहको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको हो ।

वीरगञ्ज–कलैया सडक खण्डमा पर्ने भलुही चोक नजिकै रहेको खोल्सामा सिंहको शव फेला परेको थियो । स्थानीयले शव देखेपछि आज विहान प्रहरीलाई खबर देखेका थिए । शवको प्रकृति हेर्दा बिहीबार राति हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

शव भेटिएको स्थान र उनी कार्यरत उद्योगसँगै रहेकाले व्यवस्थापक सिंहको उद्योग भित्रै हत्या गरेर शव बाहिर फ्याँकिएको हुनसक्ने अनुमान प्रहरीको छ ।

मृतक सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कलैयामा लगिएको छ । ‘घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।