Banner News

एनपीएलमा आज दुई खेल हुँदै



काठमाडौँ, १३ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

तीन खेल खेलेको पोखराले एउटा मात्र जित निकालेको छ भने चार खेल खेलिसकेको लुम्बिनीलेसमेत एउटा मात्र जित निकालेको छ । पोखरा तालिकाको छैटौं स्थानमा छ भने लुम्बिनी सातौं स्थानमा छ ।

दोस्रो खेलमा दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दैछन् । चार खेलमा अपराजित सुदूरपश्मि आठ अंकसहित शीर्ष स्थानमा छ । मात्र तीन खेल खेलेको जनकपुर अंकबिहीन तालिकाको पुछारमा छ ।