राजनीति

नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : महासचिव पोखरेल



काठमाडौँ, १३ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले मुलुक संकटमा भएको अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक भएको बताएका हुन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ गते हुँदैछ । महाधिवेशनका लागि आज एकैदिन देशभरि प्रतिनिधि चयन हुँदैछन् ।

महासचिव पोखरेलले भने, ‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ । यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ । अघि बढौ– सम्भव छ ।’