काठमाडौँ, १३ मंसिर । आजदेखि लागु हुने गरी अन्डाको मूल्य फेरि बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अन्डाको मूल्य बढाएको हो ।
संघ अध्यक्ष विनोद पोखरेलले मूल्य बढेसँगै एक्सएल अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ पुगेको बताए ।
अध्यक्ष पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ४० रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।
यसअघि संघले ७ मंसिरदेखि लागु हुने गरी एक्सएल अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको ५ सय ५ र मिडियम अन्डाको ४ सय ९० रुपैयाँ तोकेको थियो ।
नेपाली अन्डाको बजार मूल्यमा हाल देखिएको वृद्धिले किसानहरू उत्पादन लागतमात्र उठाउन सक्ने अवस्थामा पुगेको अध्यक्ष पोखरेलको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्