काठमाडौँ, १३ मंसिर । रामेछापको मन्थली नगरपालिका-९ पुरानागाउँको बाङ्गेसल्लामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अन्दाजी ६६ वर्षीया थानसिङ्गे साइँली भनेर चिनिने गंगामाया तामाङको गएराति चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
गंगामायाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । घटनाको वास्तविकता प्रहरी अनुसन्धानपछि आउने तथा थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्