काठमाडौँ, १३ मंसिर । नेकपा (एमाले)को ११औं महाधिवेशनको लागि राष्ट्रिय युवा संघ नेपालका पूर्वसचिव तथा बाँके जिल्ला कमिटी सचिवालय सदस्य खेमराज शर्मा निर्विरोध प्रतिनिधि चयन हुनुभएको छ ।
बाँके जिल्ला क्षेत्र नं. १ को युवा क्लस्टरबाट शर्मा निर्विरोध प्रतिनिधि चयन हुनुभएको हो । बाँके क्षेत्र नं. १ बाट जम्मा ५ जना प्रतिनिधि छनोट हुनुभएको छ । जसमा बलराम भट्टराई र कुश्माखर बस्याल खुल्ला, सुधा चौधरी र बसन्ती अधिकारी महिला र शर्मा युवा प्रतिनिधिको रुपमा निर्विरोध चयन हुनुभएको हो ।
एमालेको महाधिवेशन प्रतिनिधिको लागि आज देशै भरबाट छनोट भएका छन् । आगामी मंसिर २७ देखी २९ गतेसम्म काठमाडौँ र भक्तपुरमा एमालेको ११ औं महाधिवेशन हुनेछ ।










प्रतिक्रिया दिनुहोस्