काठमाडौँ, १४ मंसिर । पाल्पाको तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ ।
तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एक दिने महोत्सव आयोजना गरेको हो ।
नेवारी परम्पराअनुसार मङ्सिर पूर्णिमाका दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत् रूपमा गशेण, शिवलगायत भगवान्को स्वरूप बनाएर पूजाआजा गर्ने र नयाँ धानको यःमरी बनाएर खाने र खुवाउने चलन रहेकाले नेवारी कला, संस्कृति बचाउन महोत्सवको आयोजना गरिएको हो ।
‘य’ भनेको नेवारी भाषामा मन पर्ने मरी भनेको रोटी अर्थात् मन पर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ । यःमरी चाकु, गुँड, खुवा र तिललाई चामलो पीठोभित्र राखेर पकाइन्छ र तातो खाने गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्