सिन्धुली, १४ मंसिर । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ ।
पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीले जानकारी दिए ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराईको खोजी जारी छ ।










प्रतिक्रिया दिनुहोस्