अर्थ

४० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौँ, १४ मंसिर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ४० खर्ब तरलता खिच्ने भएको छ ।

अधिक तरलता खिच्नका लागि बैंकले आइतबार निक्षेप संकलन उपकरण जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ५२ अर्ब तरलता छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा राखेको पैसा परिपक्व हुने भएपछि निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालीन अविधका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् । निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँड गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ ।