राजनीति

एनआरएनएलाई पार्टीको नबनाइदिनुहोला : मन्त्री खरेल



काठमाडौँ, १४ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ (एनआरएनए)लाई राजनितिक दलको नबनाउन आग्रह गरेका छन् ।

आज आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले एनआरएनएका नेताहरू पार्टीको बन्दा समस्या भएको बताएका हुन् ।

उनले भने, ‘पार्टीको एनआरएन नबनाइदिनुहोला । एनआरएनएलाई समग्र गैरआवासीय नेपालीको र नेपाली जनताको, यो राष्ट्रको समग्र हितमा राख्नुहोला । पार्टीभन्दामाथी तपाईहरू उठ्दिनुभयो भने त्यो सम्भव छ,’।

उनले एनआरएनएका अभियन्ताहरू राजनितिक दलमा आवद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताए ।