काठमाडौँ, १५ मंसिर । प्रहरीले काठमाडौँ महानगरपालिका–१३ स्थित सोल्टिमोडबाट एक जना युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मकवानपुरको मनहरी गाउँपालिका घर भएर सोल्टीमोड बस्ने ३० वर्षीय सन्तोष गुरुङलाई पक्राउ गरेको हो । उनले लुकाएर राखेको अवस्थामा अमेरिकन रिभल्बर बरामद गरिएको छ ।
उनले सो रिभल्बर जेनजी प्रदर्शनको क्रममा लुटेको हुनसक्ने आकलन गरिएको छ । तर, गुरुङले सो रिभल्बर अर्का युवकसँग किनेको बयान दिएका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरूले सो रिभल्बर प्रहरी युनिटमा अनुसन्धानको क्रममा भएको हुनसक्ने आकलन गरेका छन् ।
मङ्सिर १२ मा पक्राउ परेका गुरुङ विरुद्ध प्रहरीले यसअघि पनि अभद्र व्यवहार र चोरी सम्बन्धी कसुरमा मुद्दा चलाएको भेटिएको छ ।










प्रतिक्रिया दिनुहोस्