राजनीति

गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण



कञ्चनपुर, १५ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलाली र कञ्चनपुरको सीमानामा पर्ने गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् ।

सोमबार उनले उक्त नाकाकाे निरीक्षण गरेका हुन् । मङ्गलबारबाट सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मन्त्री अर्याल सुदूरपश्चिम गएका छन् ।

मन्त्री अर्यालले सीमानाबाट हुने चेलीबेटी बेचबिखन नियन्त्रणमा पनि प्रभावकारी कदम चाल्न मन्त्री अर्यालले सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृतहरूलाई निर्देशन दिएका छन् । नाकाबाट हुने राजस्व चुहावट नियन्त्रणमा कडाइ गर्न भन्सार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।