काठमाडौँ, १६ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले आफूलाई २४ घण्टा भित्र विश्वासको मत लिन दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन् ।
सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । यद्यपि आफूले अहिलेसम्म पत्र प्राप्त नगरेको उनले बताए ।
उनले भने ‘अब केही बेरपछि मेल खोल्छु चिठी आएको छ कि छैन भन्ने हेर्छु ।’ मुख्यमन्त्री यादवले सर्वोच्चले आफूलाई दिएको आदेशलाई शिरोधार्य गरेर अगाडि बढ्ने समेत बताए ।
उनले विश्वासको मत लिन नसके राजीनामा दिने सङ्केत दिएका छन् । विश्वासको मत प्राप्त गर्नका लागि परामर्श अगाडि बढाइसकेको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्