समाचार

लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने



काठमाडौँ, १७ मंसिर । लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ ।

‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम यही मंसिर २४ देखि २६ गतेसम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो ।

आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसनले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । नेपाल पर्यटन बोर्ड, नेपाल वल्र्ड यूथ फेडरेशन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आयोजक संस्थाका प्रमुख निकेश अधिकारीकाअनुसार कार्यक्रममा १० हजार भन्दा धेरैको सहभागीता रहनेछन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघका सांस्कृतिक दूत, विश्वका प्रतिष्ठित व्यवसायी, विज्ञ, कलाकार, युवाहरूलगायतका प्रतिनिधि सहभागी हुने भएको छ ।