समाचार

दुई थान भरुवा बन्दुक बरामद



काठमाडौँ, १७ मंसिर । रुकुम पूर्वमा २ थान भरुवा बन्दुक बरामद भएको छ ।

प्रहरीका अनुसार सिस्ने गाउँपालिका–६ द्धारेखोलास्थित जङ्गलबाट भरुवा बन्दुक २ थान र भरुवा बन्दुक बनाउन प्रयोग हुने नाल १ थान मङ्गलवार दिउँसो बरामद गरेको हो ।

उक्त स्थानमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरिएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।