अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौँ, १७ मंसिर । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।  

आज बजार १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा बन्द भएको हो । यसअघि मंगलबार बजार ०.५३, सोमबार ४.२८ र आइतबार २६.५१ अंकले घटेको थियो ।  

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार यस दिन कुल ३३२ कम्पनीको कारोबार भयो । ७७ कम्पनीको मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घट्यो भने सात कम्पनीको मूल्य स्थिर रह्यो । 

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । आज पाँच अर्ब २३ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार चार अर्ब ४८ करोड १३ लाख रुपैयाँको कारोबा भएको थियो । 

बुधबार पनि सागर डिस्टिलरी, मिथिला लघुवित्त,  झापा इनर्जी, स्वस्तिक लघुवित्त  श्रीनगर एग्रीटेक कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै, बन्दीपुर केवलकारको सर्वाधिक १८ करोड ४९ लाखभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।