काठमाडौँ, १८ मंसिर । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत ओभरड्राफ्टमा एक करोड रुपैयाँसम्म ऋण लिन पाउने नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएको यस्तो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ । यसअघि यस्तो सीमा ५० लाख मात्र थियो । ओभरड्राफ्टमार्फत ऋण लिन पाउने व्यक्तिगत सीमा विगतमा एक करोड नै थियो । तर, राष्ट्र बैंकले उक्त सीमा घटाएर ५० करोड बनाएको थियो । अहिले फेरि त्यो सीमा बढाएर ५० लाखबाट एक करोड बनाइएको हो ।
सर्वसाधारणले लघुवित्त वित्तीय संस्थाबाट धितोमा १५ लाखसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था पनि कार्यान्वयनमा आएको छ । यो करिब चार वर्षअघिकै अवस्था हो । त्यसयता लघुवित्त क्षेत्रमा समस्या आएको भन्दै राष्ट्र बैंकले १५ लाखको सीमा घटाएर सात लाख बनाएको थियो । अहिले फेरि राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्ने ऋणको सीमा बढाएको हो । नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गरेको छ । तर लघुवित्तले बिनाधितो प्रवाह गर्ने ऋणको सीमा भने यथावत् राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्