समाचार

पशुपतिनाथ मन्दिरभित्रको फलामे बार हटाइयो



काठमाडौँ, १८ मंसिर । पशुपतिनाथ मन्दिरमा राखिएका फलामको बार हटाइएको छ ।

पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । 

मन्दिरभित्र अझै बत्ती बाल्न नपाइने, भक्तजनले लगेका फूल, प्रसाद नचढाइने जस्ता विकृति पनि हटाउन पहल गरिने बताइएको छ । विश्वसम्पदा क्षेत्रमा यस्ता सामग्री राखेपछि पुरातत्त्व विभागले विश्वसम्पदा क्षेत्रको पहिचान गुम्न सक्ने भन्दै यसलाई हटाउन पत्राचार गरेको थियो । 

विभागका प्रमुख पुरातत्त्व अधिकृत सन्दीप खनालले पत्राचार गरे लगत्तै कोषले बार हटाएको हो ।