समाचार

होटलको चौथो तलाबाट खसेर एक किशोरीको मृत्यु



काठमाडौँ, १८ मंसिर । पर्यटकीय नगरी चितवनको सौराहामा घुम्न आएकी एक किशोरीको होटलको चौथो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन छिन् ।

सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत ती किशोरी विद्यालयको शैक्षिक भ्रमणमा आएकी थिइन् ।

उनी पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ सौराहास्थित पार्क साइड होटलको चौथो तलाको झ्यालबाट गएराति ११ बजेतिर खसेकी थिइन् । उनलाई उपचारका लागि रत्ननगर बकुहलर अस्पताल लगिएकोमा चिकित्सकले ११:४५ बजे मृत घोषणा गरेका थिए ।

शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।